नवनिर्वाचितले खाए शपथ

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघका निर्वाचित पदाधिकारी तथा सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।
एक समारोहका बीचमा प्रमुख निर्वाचन अधिकृत टीकाजंग सिंहले विजयी पदाधिकारी तथा सदस्यहरुलाई शपथ गराउनुभयो ।


माघ ११ गते भएको निर्वाचनबाट अध्यक्षमा अब्दुल आहिद मन्सुरी, उपाध्यक्षमा आदेश अग्रवाल र अमित बस्नेत विजयी भएका छन् । त्यस्तै, सदस्यहरुमा हरिलाल न्यौपाने, चिरञ्जीवी ओली, श्यामसुन्दर अधिकारी, विजय भण्डारी, मन्दिरा पाण्डे, धर्मराज अर्याल, टंकबहादुर धामी, भीमबहादुर रानाभाट, टंकप्रसाद शर्मा, विन्दु चर्तिमगर, विष्णुप्रसाद श्रेष्ठ र टेकबहादुर खड्का विजयी भएका छन् । एशोसियट सदस्यमा संजय अग्रवाल र दिपेन्द्र विष्ट, सम्बद्धमा सलाउद्दिन जसगढ र भीम कँडेल (बद्री श्रेष्ठ) विजयी भएका छन् । सबै विजयीहरुले शनिबार शपथ ग्रहण गर्नुभयो ।


शपथ ग्रहण समारोहमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डी ढकाल, महासंघको ५ नम्बर प्रदेशका अध्यक्ष गुणनिधि तिवारी, केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्यहरु दामोदर आचार्य, सुनिल शर्मा, अच्यूत प्रसाई, संघका पूर्व अध्यक्ष सतिश अग्रवालको सहभागिता रहेको थियो । प्रदेश सांसद आइपी खरेल, नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, नेपाली कांग्रेस बाँकेका अध्यक्ष किरण कोइराला, नेकपाका जिल्ला सचिव अशोक कोइराला, राप्रपाका जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, राजपाका लक्ष्मीनारायण बर्मालगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !