थाेपाकाे स्थापना दिवसमा रक्तदान

नेपालगञ्ज – थोपा प्रयोगशाला \ मलमपट्टी क्लिनिक्सले आफ्नो स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपालगञ्ज-१० स्थित थोपा भवनमा आयोजना गरिएको रक्तदानमा ४६ जनाले रक्तदान गरेको प्रयोगशालाका प्रमुख कार्यकारी अधिकृत सुलभ आचार्यले जानकारी दिनुभयो ।

नेपालगञ्ज रक्तसञ्चार केन्द्रसंगको सहकार्यमा आयोजित रक्तदानमा चिकित्सक, प्रयोगशालाकर्मी, नर्सिङ स्टाफ, संचारकर्मी, शिक्षक सहित विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुले रक्तदान गर्नु भएको आचार्यले बताउनुभयो ।

कुनै पनि बिरामी रगत अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको पनि उहाँको भनाइ छ । थोपा प्रयोगशाला \ मलमपट्टी किल्निक्स स्थापनाको आज एक वर्ष पूरा भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !