तीन सयकाे निशुल्क स्वास्थ्य जांच


नेपालगञ्ज – बाँकेको नेपालगञ्जमा लाइन्स क्लब अफ नेपालगञ्ज युनिटीले निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको छ ।

नेपालगञ्ज युनिटीले नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २० मा निःशुल्क चेकजाँचसहित औषधि वितरण गरेको लाइन्स क्लब अफ नेपालगञ्ज युनिटीकी अध्यक्ष विन्दु चर्तीमगरले जानकारी दिनुभयाे ।

शिविरमा गाइने, बालबालिका, नाक, कान, घाटी तथा जनरल चेकजाँच भएको अध्यक्ष चर्तीमगरले बताउनु भयाे । शिविरमा नाक, कान घाटी विशेषज्ञ डा. अन्शु शर्मा, गाइने विशेषज्ञ डा. पुनम आचार्य, फिजिसियन डा. शंकर केसी र बालरोग विशेषज्ञ डा. समिर माहासयलगायत ११ जना स्वास्थ्यकर्मीको टोलीले चेकजाँच गरेको थियो ।

नेपालगञ्ज युनिटीले आयोजना गरेको शिविरमा ३ सय ७५ जनाले सेवा लिएका छन् । जसमध्ये ३ जनामा स्वास्थ्य समस्या देखिएकाले लाइन्स क्लबको सहकार्यमा उनीहरुलाई अस्पतालमा रिफर गरिएकाे छ ।

शिविरमा बालबालिकाको सहभागी धेरै रहेको र महिलाहरुमा पाठेघर सम्बन्धी समस्या धेरै देखिएको थियाे । वडा नम्बर २० मा फेरि अर्को चरण पनि स्वास्थ्य शिविर नेपालगञ्ज कमिटीले छिट्टै संचालन गर्ने तयारी गरेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !