नेपालगञ्जकाे नालामा पानी बग्याे
जेसिबीले सफाई गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिरहेको विष्टको भनाई छ । नाला सफाई कार्यको अवलोकनमा पुग्नुभएका नगर प्रमुख विष्टले नाला सफाईको काम सकिएपछि अब नेपालगञ्ज नडुब्ने विश्वास व्यक्त गर्नुभयो ।
“नालाको आधा भन्दा बढी भाग माटोले पुरिएको अवस्था छ, कतिपय ठाउँमा जेसिवी प्रयोग गर्न सकिने अवस्था छैन, त्यसैले मान्छे नै लगाएर सफाई गरिरहेका छौं,” नगर प्रमुख विष्टले भन्नुभयो, “सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नालाको सफाई मुख्य प्राथमिकतामा राखेका छौं, यहाँबाट (अन्तिम विन्दु) भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउँसम्म राम्रोसंग सफा गर्न सकियो भने पानीको सहज निकास हुन्छ ।”
विष्टले नेपालगञ्ज उपमहानगरपालिकाभित्र डे«नेजको पर्याप्त नेटवर्क भएपनि सहजरुपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताउनुभयो । विज्ञ टोलीले नेपालगञ्ज जति पर्याप्त डे«नेज नेटवर्क अन्य सहरमा आफूहरुले नदेखेको बताएको विष्टले सुनाउनुभयो । पर्याप्त डे«नेज नेटवर्कको सदुपयोगका लागि आफूहरु सचेत रहेको उहाँको भनाई छ ।
“विगतमा बजारको वरिपरि मात्रै सफाई गर्ने काम भयो, अब हामीले अन्तिम विन्दुबाट आमरुपमा सफाई थालेका छौं, दुई चरणमा काम गर्छौं, पहिलो चरणमा दुई ठूला नाला र दोस्रो चरणमा साना नाला सफाई गर्छौं, अहिले दुई ठूला नाला सफाई भइरहेको छ, यसपछि नगरका साना नाला सफा गर्छौं, यसले अब नेपालगञ्जलाई डुबान हुनबाट जोगाउनेछ,” उहाँले भन्नुभयो ।