गोपीको ह्याट्रिकमा एक्स आर्मीलाई उपाधी

नेपालगञ्ज – प्रथम अमर–अशोक स्मृति भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधी एक्स आर्मीले जितेको छ ।

गोपी (लक्ष्मण) घर्तिको ह्याट्रिकसहित एक्स आर्मीले एफसी संघारीलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । एक्स आर्मीबाट अर्जुन सुनारले दुई गोल गरेका थिए । खेलको म्यान अफ द म्याच एक्स आर्मीका अनक नेपाली भए ।

प्रतियोगिताको विजेता एक्स आर्मीले २५ हजार रुपैया पुरस्कार पाएको छ । उपविजेता एफसी संघारीले १५ हजार रुपैया पाएको छ ।

खजुराको डीगाउँस्थित मिनी रंगशालामा भएको प्रतियोगितामा नेपालगञ्ज, कोहलपुर र खजुराका गरी नौ वटा टीमले भाग लिएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !