एफसी संघारी र एक्स आर्मी फाइनलमा

नेपालगञ्ज – एफसी संघारी र एक्स आर्मी प्रथम अमर–अशोक स्मृति भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

खजुराको डीगाउँमा भइरहेको प्रतियोगितामा एफसी संघारीले बागमति क्लव र एक्स आर्मीले जय किसन क्लवलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

एफसी संघारीले बागमतिलाई ३–१ गोलले पराजित गरेको थियो । एफसी संघारीका राजु श्रीवास्तव, किरण श्रेष्ठ र तरेन्द्र थापाले एक÷एक गोल गरेका थिए । बागमतिबाट भरतबहादुर योगीले एक गोल गरेका थिए ।

दोस्रो सेमिफाइनलमा एक्स आर्मीले जय किसन क्लवलाई ५–१ गोलले पराजित ग¥यो । एक्स आर्मीका लक्ष्मण घर्तिले दुई, खडक शाही, हस्त गुरुङ र अर्जुन विकले एक÷एक गोल गरेका थिए । जय किसनबाट विक्की लामाले एक गोल गरेका थिए । यो खेलमा लक्ष्मण घर्ति म्यान अफ द म्याच भएका थिए ।

२५ हजार राशीको भेट्रान फुटबल प्रतियोगिताको उपाधीका लागि शनिबार एफसी संघारी र एक्स आर्मीका बीचमा प्रतिस्पर्धा हुने आयोजकले बताएका छन् । द्वितियलाई १५ हजार पुरस्कार रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !