सन्ध्या देव जनमत पार्टीमा प्रवेश
नेपालगञ्ज – संविधान सभा सदस्य एवं जसपाका केन्द्रीय सदस्य सन्ध्या देव जनमत पार्टीमा प्रवेश गरेकी छन् ।
खानेपानी मन्त्री अब्दुल खानले शनिबार एक कार्यक्रम नेपालगञ्जमा सन्ध्या देवलाई पार्टीमा प्रवेश गराए ।
नेपाली कांग्रेस, फोरम हुँदै सबैजसो मधेसी आवद्ध भइसकेकी सन्ध्या देव पछिल्लो समयमा जसपाको केन्द्रीय सदस्य थिइन् ।
तराईमा प्रभाव जमाउदै अगाडि बढेको डा. सिके राउतको पार्टीमा प्रवेश गरेकी सन्ध्या देवले पार्टीमा आफूले इमान्दारीपूर्वक काम गर्ने बताइन् । सन्ध्या देवलाई फोरमले संविधान सभा सदस्य बनाएको थियो ।