राउण्ड टेबलको फुटसल प्रतियोगितामा अटोमोबाइल प्रथम
नेपालगञ्ज – नेपाल राउण्ड टेबलले आयोजना गरेको ‘द फोइनिक्स कप’ फुटसल प्रतियोगिताको उपाधी नेपालगञ्ज अटोमोबाइल एशोसियसनले जितेको छ ।
न्यूरोडस्थित नेपालगञ्ज फुटसल मैदानमा भएको प्रतियोगिताको फाइनलमा अटोमोबाइलले किराना एशोसियसनलाई ६–३ गोलले पराजित ग¥यो । प्रथम भएसँगै अटोमोबाइलले ३० हजार नगद, ट्रफी र मेडल पाएको थियो ।
एक दिनमा सम्पन्न गरिएको प्रतियोगितामा ६ टीमले भाग लिएका थिए । समूह एमा चार्टर्ड एकान्उटेन्टस एशोसियसन, किराना र नेपालगञ्ज फोइनिक्स राउण्ड टेबल, समूह बीमा अटोमोबाइल, सिद्धार्थ बैंक र सांग्रिला बैंक थिए ।
लिग कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा समूह एबाट किराना र चार्टर्ड एकान्उटेन्टस तथा समूह बीबाट अटोमोबाइल र सांग्रिला बैंक सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा अटोमोबाइल र किराना सहज जित निकाल्दै फाइनलमा पुगेका थिए । फाइनलमा भने अटोमोबाइलले बाजी मा¥यो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी अटोमोबाइलका ज्ञानमणि अधिकारी र उच्च स्कोरर अटोमोबाइलकै मनिष थापा भए । थापाले प्रतियोगितामा अवधिमा २१ गोल गरेका थिए । प्रतियोगिताका विजेता, उपविजेता तथा विधागत उत्कृष्टलाई व्यवसायी अगुवा श्यामसुन्दर अधिकारी, किसन गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।
राउण्ड टेबलले वर्षेनी सरकारी स्कूलको भौतिक पूर्वाधार निर्माणका लागि च्यारिटी स्वरुप फुटसल प्रतियोगिता गराउदै आएको छ ।
यसैबीच, प्रतियोगितामा प्रथम भएर ३० हजार रुपैया पुरस्कार पाएको अटोमोबाइलले उक्त रकम सरकारी स्कूलको भौतिक पूर्वाधार सुधारका लागि राउण्ड टेबललाई नै दिएको छ ।