सकारात्मक सोच र तनाव व्यवस्थापन अभिमुखीकरण

नेपालगञ्ज – स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुको सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्वन्धी एक दिने अभिमुखीकरण गरिएको छ । विशेष गरि बजेट तथा योजना सञ्चालन तथा कामको दौरानमा निकै तनावपूर्ण अवस्थामा रहने जनप्रतिनिधिहरुका लागि तनाव व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले अभिमुखीकरण गरिएको हो ।

प्रदेश सुशासन केन्द्र लुम्विनी प्रदेश नेपालगञ्जले उक्त अभिमुखीकरण गरेको हो । नेपालका चर्चित जिवन प्रशिक्षक विज्ञ नरबहादुर कार्कीले अभिमुखीकरणमा सकारात्मक सोचको विकास र जीवनलाई कसरी तनावपूर्ण बनाउनेलगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

अभिमुखीकरणमा बाँके जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, कार्यालय तथा प्रमख प्रशासकिय अधिकृत, सेवाकालिन तालिमका कर्मचारीहरुको सहभागिता रहेको प्रदेश सुशसान केन्द्रका कार्यकारी निर्देशक कमानसिंह थापाले बताउनुभयो ।

उहाँले यो अभिमुखीकरण जनप्रतिनिधि र कर्मचारीहरु कार्यालयको काममा निकै व्यस्त हनुपर्ने अवस्थामा तनावपूर्ण जिवनलाई सकारात्मक सोचतर्फ विकास गरी तनावमुक्त बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !