विद्यार्थीलाई देखाइयो सेनासम्बन्धी प्रदर्शनी (फोटोहरु)

नेपालगञ्ज – बज्रदल गण, इमामनगर ब्यारेक राँझाले नेपाली सेनासँग सूचीकृत रहेका विद्यालयका विद्यार्थीलाई सेनासम्बन्धी प्रदर्शनी गरेको
छ ।

ब्यारेकको हाताभित्रै विभिन्न दश वटा स्टल बनाएर गणले सेनासम्बन्धी प्रदर्शनी गरेको हो । नेपाली सेनाको काम, प्रयोग गर्दै आएको हात हतियार, सवारी साधन, पोशाक, राष्ट्रिय सेवा दल कार्यक्रमबारे जानकारी, महत्व र उपयोगिता, निकुञ्जमा रहेका सेनाले गर्ने कामका बारेमा विद्यार्थीलाई जानकारी दिइएको थियो ।

बज्रदल गणका गणपति प्रमुख सेनानी श्याम आत्रेय पौडेलले नेपाली सेनासँग सूचीकृत रहेका विद्यालयका विद्यार्थीलाई सेनासम्बन्धी ज्ञान गराउने उद्देश्यले प्रदर्शनी गरिएको बताउनुभयो ।

बाँके र बर्दियामा सेनाको सूचीकृतमा रहेका १६ वटा विद्यालय छन् । यी विद्यालयको बीचमा बज्रदल गणले फुटबल प्रतियोगिता गराएको छ ।


प्रदर्शनीमा श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तमकुमार विष्ट, प्रतियोगिताका संयोजक किसन गुरुङ, एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारीलगायत विभिन्न विद्यालयका शिक्षकको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !