नेपालगञ्जमा बम विष्फोट, दुई घाइते

घाइते धर्म सुनार।

नेपालगञ्ज – नेपालगञ्जमा बम विष्फोट भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको हो । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीको अखिल क्रान्तिकारी बाँकेको जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट भएको बुझिएको छ ।

प्रेसर कुकर बम विष्फोट हुँदा क्षेत्री र धर्म सुनार घाइते भएका छन् । सुनारको अवस्था गम्भीर रहेको छ ।

घाइते दुवैलाई भेरी अस्पतालमा ल्याइएकोमा केहीबेरको उपचारपछि सुनारलाई नेपालगञ्ज मेडिकल कलेज लैजाने तयारी भएको छ । विप्लव माओवादीले चुनाव बहिष्कारको नीति लिएको छ । चुनावको बेलामा तर्साउनका लागि बम बनाउने क्रममा विष्फोट भएको प्रहरीले आशंका गरेको छ । बाँके प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !