मंसीर १ गते रातीदेखि चार गते रातीसम्म सीमा नाका बन्द
नेपालगञ्ज – नेपालमा हुन थालेको प्रतिनिधि र प्रदेश सभाको चुनावका कारण मंसीर १ गतेदेखि ४ गतेसम्म सीमा नाका बन्द हुने भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार, मंसीर १ गते राती १२ बजेदेखि ४ गते राती १२ बजेसम्म सीमा नाका बन्द रहने छन् ।
यो अवधिमा पेट्रोलियम पदर्था, औषधीजन्य बस्तुको ढुवानी तथा एम्बुलेन्स सेवा यथावत रुपमा आवतजावत हुने प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो ।
बाँकेको ६५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । चुनावका बेलामा हुन सक्ने अपराधिक क्रियाकलापलाई रोक्न नाका बन्द गरिएको छ । भारतमा चुनाव हुँदा पनि नाका बन्द गर्ने गरिन्छ ।