स्कारपियोको ठक्करले साइकलयात्रीको मृत्यु
नेपालगञ्ज – बाँकेमा गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
कोहलपुरको मदनचोक अगाडिको न्यू सिटीमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो । पश्चिमबाट कोहलपुरतर्फ आउदै गरेको बा १५ च ७४६१ नम्बरको स्कारपियोले ठक्कर दिंदा साइकलयात्री गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । मृतक अन्दाजी ४० वर्षका पुरुष हुन् । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । मृतकको शव कोहलपुर मेडिकल कलेजमा राखिएको छ । प्रहरीले मृतकको घरपरिवारको खोजी गरिरहेको छ ।