नेपालगञ्जमा साइकललेन बनाउने कि मेयरसा’प

सतिश निरौला (नेपालगञ्ज) – तराईको शहर हो, नेपालगञ्ज । अनि पुरानो शहर पनि । तराईमा प्रमुख सवारी साधन नै साइकल हो, जुन चढ्न सजिलो, किन्न सस्तो, मर्मतमा कम खर्च लाग्छ । नो फ्युल त भन्नै परेन । यस्तो गज्जबको साधन भएकै कारण आम मानिसको सहज पहुँच र रोजाइमा हुन्छ साइकल ।
अहिले साइकल धेरैको रोजाइमा पर्दैन । मध्यम बर्गीयदेखि उच्च शिक्षा अध्ययन गर्नेहरूसम्मको रोजाईको साधन भनेको मोटरसाइकल वा स्कुटी भएको छ । तथापि, नेपालगञ्ज शहरको मात्र कुरा गर्ने हो भने यकिन तथ्यांक नभए पनि दैनिक हजारौं साइकल सडकमा गुड्छ्न भन्दा फरक पर्दैन ।
२०५० सालसम्म पनि साइकलको महत्व निकै थियो । ऊ बेला आम मानिसको पहुँचको साधन थिएन मोटरसाइकल । नेपालगञ्ज भारतसँगको बोर्डरको शहर भएको हुँदा सम्भवत नेपालमा अन्य शहरको तुलनामा पहिले नै नेपालगञ्जमा साइकल गुडे होलान् अनुमान लाउन सकिन्छ ।
साइकलको गाथा पहिल्याउने क्रममा नेपालगञ्जका पाका जो उमेरले ८० काटिसक्नुभएको छ सचिदानन्द चौबेसँग मैले सम्बाद गर्दा उहाँको घरमा सन् १९४५ मा पिताजी जो घ्यू ब्यबसायी हुनुहुन्थ्यो नेपालगञ्जमा पहाडबाट आएको घ्यु खरिद गरि कानपुर भारत बेच्न जादा रुपैयाँ १५ मा साइकल ल्याउनु भएको थियो रे । सम्भवत यो नै नेपालगञ्ज भित्रिएको पहिलो साइकल हुन सक्ने दाबी चौबे सरको छ ।


यसरी १९४५ मा भित्रिएको पहिलो साइकल जो १५ रुपैयाँ को थियो भने अहिले २०२० मा आइपुग्दा नेपालगञ्जमा २ लाख माथिको साइकल पनि गुडिरहेको छ । दैनिक तरकारी बोक्नेहरु, कलकारखानामा काम गर्नेहरू, मजदुरी र ज्यालादारी गर्नेहरु, अफिस जानेहरु अनि स्कुले बिद्यार्थीहरु सामान्यतः ५ हजार देखिका साइकल प्रयोग गर्दै आएको देखिन्छ भने अहिले स्वास्थ र रुचिका हिसाबले साइक्लिङ गर्नेहरू २५ हजारदेखि २ लाखसम्मका साइकलमा कुदिरहेका छन् ।
यसरी आम साइकलदेखि महंगा साइकल चलाउनेका लागी नेपालगञ्जमा एउटै चिन्ता छ साइकल लेनको, साइकल लेन नहुँदा सडकमा अनियन्त्रित कुद्ने गाडी मोटरबाट जोगिनु हम्मेहम्मे हुन्छ ढुक्कले आफू सुरक्षित महसुस गरि साइकल चलाउने वातावरण साइकल लेन नबन्दासम्म हुन सक्दैन ।
युरोपेली र अमेरिकी मुलुकहरू अनि दशिण अमेरिकी मुलुक र एशियाली विकसित देशहरू हेर्ने हो भने अहिले त्यहाँ साइकल शहरको आम संस्कृति बन्दै छ र त्यो झांगिएको छ, राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थहरु नै साइकलमा हिड्नाले साइकल प्रति आम मानिसहरूको आकर्षण बढेको देखिन्छ ।
साइकलको प्रयोगले वातावरणमा लाभ, स्वास्थका हिसाबले फाइदा, ट्राफिक समस्याबाट मुक्ति मिल्छ भने अनावश्यक इन्धनको खर्चबाट पनि जोगिन्छ । यही कुरालाई मध्यनजर गर्ने हो भने नेपाल जस्तो हाम्रो मुलुकमा इन्धन बापतको रकम बिदेशिन जोगिन्छ । त्यसैले नेपालगञ्जलाई साइकलको शहर बनाउने अभियानमा सबै जुटौं ।


error: यो सुविधा उपलब्ध छैन !