‘किताब जात्रा’ : रमाए पाठक र श्रोता

काठमाडौं – दाउराले पोल्ने गर्थे पहिला, मेसिन आयो, अहो मुर्दाहरुको पनि क्या क्या दिन आयो……..
चर्चित नेपाली गजलकार बाबु त्रिपाठीको मतला थियो यो । उनी आप्mना गजल लिएर मञ्चमा उभिंदा शनिबारको साँझपख काठमाडौंको बानेश्वर स्थित होटेल द एभेरेष्ट गुञ्जायमान भयो ।
झण्डै साहित्यिक महोत्सव झैं आभाष हुनेगरी आयोजना गरिएको किताब जात्रामा खचाखच भरिएका पाठकहरुले अलिबाबादेखि हरारेसम्मका विषयमा भएका गफमा आफुहरुलाई मज्जैले समाहित गराए । देशमा चलेको कुनै बेलाको जनयुद्धका कुरादेखि अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका हत्या गरिएका सुलेमानीसम्मका विषयले गजवले चर्चा नपाउने कुरै थिएन । युभल हरारीदेखि शरुभक्तका कुरा गजवले सुने पाठकले फेरी एकपटक श्रोता बनेर ।
नवराज पराजुलीका कविताले पाठकलाई दर्शक र श्रोतामा बदल्दै मन्त्रमुग्ध बनाए । शकुन्तला जोशीका ओजनदार कविताले हलमा उपस्थित पाठकहरु गजवले अनुशासित श्रोता बनेर उनलाई साथ दिएका थिए ।
किताव जात्राले जुराएको मौकामा कवि मनु मञ्जीलले पहिलो शत्र लेख्ने र पढ्ने : के ? कस्तो र कसका लागि ? कार्यक्रमलाई सञ्चालन गरिरहदा पत्रकार तथा लेखक नारायण वाग्ले, आख्यानकार नयनराज पाण्डे र लेखक सरस्वती प्रतिक्षा प्यानलिष्टमा उपस्थित थिए ।
टिकाराम यात्रीले सञ्चालन गरेको अर्को शत्र दशकका सुख दुःखमा वाम विचारक आहुतीले सिरियामा मरेका लाखौं सर्वसाधारणको प्रसंग जोड्दै फाँसिवाद फर्किन लागेको दलिल अघि सारे । उनको भनाइमा संसारमा सुख भन्दा दुःख थपिएका छन् भन्ने थियो । यो समाज, राज्य अनि पुरै विश्व जहाँ जान खोजेको थियो त्यहाँ जान नसकेकोमा उनको चिन्ता थियो । नव उदारवादी अर्थतन्त्र लादिएको विषयले आहुतीलाई आहतमा पारेको उनि बोल्दै थिए ।


चितवनमा थारु संस्कृतिको कार्यक्रम देखाउन खोज्दा सबभन्दा पहिले राष्ट्रगान बजाउनु पर्ने बाध्यताको घट्नाक्रमलाई जोड्दै पछिल्लो दशकमा राष्ट्रवादको नाममा फाँसीवाद उन्मुख रहेको विषयलाई आहुतीले चित्रण गरेका थिए । बौद्धिकता पनि यहाँ बिकाउ भएको उनको तर्क थियो । नेपालको उर्जाशील आन्दोलन मध्येको एक विद्यार्थी आन्दोलन मन्त्रीका स्वकिय सचिवमा गएर विर्सजन भएको विषयलाई निकै ब्यंग्यात्मक ढगंले आफ्ना भनाइमा जोडे आहुतीले । अझ अगाडी बढेर आहुतीले चेतनामाथि नै प्रतिगमन भएको भन्नसम्म भ्याए । पत्रकार टिकाराम यात्रीले कार्यक्रमको सहजीकरण गरिरहदा आहुतीलाई तोकिएको विषयमा मात्रै बोल्नलाई रोक्न निकै मुस्किल परिरहेको थियो । समाज, दर्शन, राजनीति, अर्थतन्त्र, पूँजीवाद, राष्ट्रियताका विषयमा आहुती निकै मार्मिक र केही हदसम्म त निर्मम रुपमा प्रस्तुत भएका थिए । पछिल्लो समय निकै चर्चामा रहेको सन्दर्भ अमेरीकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनसम्मका विषयमा आहुतीले आफ्ना भनाईहरु राखेका थिए । अहिले सामाजिक सञ्जालका बारेमा चर्चामा भएको प्रश्न जे पनि बोल्ने ? यो जे पनि बोल्ने भन्ने फैसला गर्ने भन्ने चाहीं को ? आहुतीले प्रतिप्रश्न राख्दा सहभागीहरुबाट तालिको गुन्जाहटको अभिवादन पाएका थिए । वाम विचारक आहुतीले मिडिया पूँजीपति वर्गको कब्जामा रहेकाले त्यस्को जवाफका रुपमा सामाजिक सञ्जालले प्रतिक्रिया दिइरहेकोमा आफ्नो समर्थन नै रहेको भनाई राखे ।
वक्ताका रुपमा रहेका पत्रकार सुधीर शर्माले अहिलेको सन्दर्भमा लेखनमा चुनौती थपिएको भन्ने विषयमा आफुलाई केन्द्रित गरिरहदा उनि स्वयंले लेखेको किताव प्रयोगशाला र पछिल्लो अंग्रेजी संस्करणका विषयमा आएका प्रश्नहरुबाट आफुलाई अलग राख्ने गतिलै प्रयास गरे । प्यानलिष्ट अर्चना थापाले अहिलेका समाचारहरु नै साहित्य हुन् कि भन्ने लाग्न थालेको भन्दै साहित्य, मिडिया र पत्रकारितलाई गजवले झापड नै हानिन् ।
किताव जात्रा कार्यक्रममा सबै भन्दा बढी बिक्री भएको पुस्तकको पुरस्कार यसपटक अमर न्यौपानेले गुलावी उमेर मार्फत हात पारे ।
विभिन्न शत्रमा विभाजन गरिएको कार्यक्रममा बुक, बिलिनियर र बिजनेश विषयक बहसमा मुख्य वक्ताका रुपमा उद्योगपति बिनोद चौधरी उपस्थित थिए । चार्टड एकाउण्टेन्ट बन्ने लक्ष्यका साथ भारतको मुम्बईमा अध्ययन गर्न गएको भएपनि पारिवारिक कारणले अध्ययन पुरा गर्न नसकेको प्रसंगबाट कुराकानी थालनी गरेका चौधरीबाट उद्योगपतिका आप्mनो जिन्दगीका विभिन्न पाटाहरु र ब्यवसायका विषयमा खोतल्ने प्रयास पत्रकार टिकाराम यात्रीले गरेका थिए ।
अर्का एक चर्चित पत्रकार दिल भुषण पाठकले सञ्चालन गरेको सत्रमा कलाकार दयाहाङ राई, मानुषी यमी भट्टराई, बैंकर अनिल केशरी शाहलाई कार्यक्रमका थप आइकनका रुपमा प्रस्तुत गरिएको थियो ।
हरिवशं आचार्य, सञ्जिव उप्रेतीलगायतका लेखक तथा सेलेब्रेटीहरुले कार्यक्रममा उत्साह थपिरहेका थिए । कार्यक्रममा पाठकहरुले उल्लेख्य संख्यामा पुस्तकहरु समेत खरिद गरिरहदा किताव जात्रा फाउण्डेशनका ऋषिराम अधिकारी सहितको आयोजक समूह उत्साहित हुँदै यस्ता कार्यक्रम सातवटै प्रदेशमा आयोजना गर्ने निष्कर्शमा पुगे ।
पठन संस्कृतिको विकासका लागि भन्दै एउटा युवा समुह अहिले किताव जात्रामार्फत घर घरमा खानेकुरा पुगे जस्तै विभिन्न विधाका किताव होम डलिभरी गर्दै गरेको एउटा अभियान हो, किताव जात्रा । काठमाडौंमा यो समुह अहिले किताव पढ्नेहरुका लागि नयाँ पुस्तक किन्ने भरपर्दो अनलाइन माध्यम समेत बन्दै गइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !