नेपालगञ्जमा शुरु हुँदै १५५ औं रामलिला महोत्सव

नेपालगञ्ज – नेपालगञ्जको रामलिला मैदानमा सोमबारदेखि रामलिला महोत्सव शुरु हुँदैछ । भारतबाट कलाकार ल्याएर रामलिला सञ्चालक समितिले महोत्सव आयोजना गर्दैछ ।

सञ्चालन समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाका अनुसार, भगवान श्री रामको अनुपम दिब्य लिलाहरुको मञ्चन विगत १ सय ५४ वर्षदेखि हुँदै आएको छ । यो वर्ष १ सय ५५ औं महोत्सव हो ।

सञ्चालक समितिका प्रवन्धक भरतकिशोर बैश्यले घटस्थापनादेखि टीकाको भोलीपल्टसम्म महोत्सव सञ्चालन हुने जानकारी दिनुभयो । रामचरित्र मानसका आधारमा नारदमोह लिलादेखि रामको राज्यविशेकसम्मको कथा मञ्चन हुन्छ ।

राम लिला देखाउन भारतको मथुरा बृन्दावन धामबाट २१ जना कलाकार ल्याइएको छ । रामलिला राती ८ बजेदेखि १२ बजेसम्म देखाइन्छ ।


error: यो सुविधा उपलब्ध छैन !