स्व. महेश थापा मेमोरियल फुटसल : किराना र एमआरको विजयी शुरुवात

 

नेपालगञ्ज – स्व. महेश थापा मेमोरियल कप फुटसल प्रतियोगितामा किराना र एमआरले विजयी शुरुवात गरेका छन् ।

नेपालगञ्जको न्यूरोडमा रहेको नेपालगञ्ज फुटसल मैदानमा भएको खेलमा किरानाले मेडिकल र एमआरले जुत्ता चप्पल व्यवसायीको टीमलाई पराजित गरेका हुन् ।

उद्घाटन खेलमा किरानाले मेडिकलको टीमलाई पेनाल्टीमा ५–४ गोलले पराजित गरेको हो । निर्धारित समयमा एक÷एक गोल भएपछि खेल पेनाल्टीमा पुगेको थियो । निर्धारित समयमा मेडिकलको टीमबाट डा. पुष्कर न्यौपानेले गोल गर्नु भएको थियो । खेल सकिन केही सेकेन्ड बाँकी रहेको समयमा किरानाका विशाल पाण्डेले गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो । एक गोलले अग्रता लिएको मेडिकलको टीमले केही सेकेन्डमात्रै रोक्न नसक्दा खेल गुमाएको छ ।

यो खेलमा किरानाका विशाल पाण्डे म्यान अफ द म्याच भएका भएका छन् । पाण्डेलाई व्यवसायी समाजसेवी अमृत श्रेष्ठ, मोहन अधिकारी र श्यामसुन्दर अधिकारीले पुरस्कृत गर्नुभयो ।

अर्को खेलमा एमआरले जुत्ता चप्पललाई २–१ गोलले पराजित ग¥यो । एमआरको तर्फबाट दुवै गोल धु्रव थारुले गरे । जुत्ता चप्पलबाट प्रेम चौधरीले एक गोल गरे । खेलमा एमआरका धु्रव थारु म्यान अफ द म्याच घोषित भए । थारुलाई व्यवसायी समाजसेवी किसन गुरुङ र माधव अर्यालले पुरस्कृत गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वमेयर डा. धवलशमशेर राणाले गर्नु भएको थियो । फुटबल खेलाडी मनिष थापाले आफ्ना स्व. दाजु महेश थापाको सम्झनामा आयोजना गरेको प्रतियोगितामा आठ वटा टीमले भाग लिएका
छन् । प्रतियोगिताको विजेतालाई ३१ हजार, ट्रफी, मेडल र सर्टिफिकेट तथा द्वितिय हुनेलाई २१ हजार, ट्रफी, मेडल र सर्टिफिकेट पुरस्कार राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !