बिमा पीडित प्रशासनमा

नेपालगञ्ज – बिमा पीडित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय, बाँकेमा ज्ञापनपत्र बुझाएको छ ।

जीआर भुसालको संयोजकत्वमा गठन गरिएको संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमार्फत बिमा समिति केन्द्रीय कार्यालय, अर्थ मन्त्रालय, सबै जीवन तथा निर्जीवन बिमा कम्पनीलाई ज्ञापन पठाएको हो ।

ज्ञापनपत्रमा नियम बमोजिम पाउनु पर्ने भुक्तानी यथाशीघ्र होस्, बिमा कम्पनीले ढिला गरेका भुक्तानीहरुको नियम बमोजिम ब्याज पाउनु पर्ने, ललाई फकाई विभिन्न प्रलोभन देखाई बिमा ठगी व्यापक रहेको हुनाले उक्त कम्पनी तथा एजेन्टहरुलाई कारबाही होस्, अव्यवहासिक रहेका पोलिसीहरु बन्द गरियोस्, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बिमाको जोखिम मूल्य कायम होस्, बचतमा आधारित बिमाहरु कम्तीमा चक्रीय मुद्रास्फिति बृद्धि सरह होस् भन्ने माग अघि सारिएको छ ।

अध्यक्ष भूसालले बिमितहरुले पाउनु पर्ने सम्झौता बमोजिमको रकम नपाएमा बिमा कम्पनीहरुमा ताला लगाउने, दैनिक कार्यहरु रोक्ने, बिमा पोलिसीहरु समर्पण गराउने र नयाँ बिमा नलिन आम जनसमुदायमा अपिल गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

बाँकेमा कोरोनालगायत विविधि विमितले रकम पाइरहेका छैनन् ।


error: यो सुविधा उपलब्ध छैन !