गुल्मेली समाजको पद हस्तान्तरण तथा शपथ ग्रहण

नेपालगञ्ज – गुल्मेली समाज सेवा समिति, बाँकेको पद हस्तान्तरण, शपथ ग्रहण तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।

गत भाद्र ४ गते शनिबार सम्पन्न पाँचौं अधिवेशन तथा निर्वाचनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई शनिबार एक कार्यक्रमका वीच पद हस्तान्तरण, शपथ ग्रहण गराइएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको प्रमुख आतिथ्य तथा समितिका निवर्तमान अध्यक्ष भाष्कर काफ्लेको अध्यक्षतामा भएको पहिलो चरणको कार्यक्रममा अध्यक्ष मण्डलका अध्यक्ष तथा प्रमुख निर्वाचन अधिकृत पूर्णलाल चुकेले अध्यक्ष हरिलाल न्यौपानेलाई र अध्यक्ष न्यौपानेले विधान अनुसार अन्य पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष भाष्कर काफ्लेले नवनिर्वाचित अध्यक्ष हरिलाल न्यौपानेलाई पद हस्तान्तरणका साथै समितिका सम्पूर्ण कागजात हस्तान्तरण गर्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी खत्रीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिंदै बाँके जिल्लामा आफ्नो जन्मभूमि गुल्मी जिल्लाको नाम उज्वल गर्ने खालका काम गरेर गुल्मी जिल्ला र गुल्मेलीहरुको पहिचान स्थापित गर्न सबैलाई आग्रह गर्नु भयो ।

सो अवसरमा समितिका संस्थापक अध्यक्ष लक्ष्मण गौतम, सल्लाहकार तथा अध्यक्ष मण्डलका अध्यक्ष प्रमुख निर्वाचन अधिकृत पूर्णलाल चुके, नवनिर्वाचित अध्यक्ष हरिलाल न्यौपाने, दिवाकर खनाल, उपाध्यक्ष भीमलाल कँडेल लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

स्मरणीय छ, पाँचौं अधिवेशनले उपाध्यक्ष पदमा भीमलाल कँडेल, सचिव पदमा हिम नाथ पौडेल, कोषाध्यक्ष पदमा प्रदीप सापकोटालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको थियो ।

यसैगरि सदस्यहरुमा प्रकाश गौतम, निलम ज्ञवाली, आरती गौतम, बल बहादुर दगामी, कमला गौतम, महेश ज्ञवाली, ठगीराम भण्डारी, दुर्गा प्रसाद काफ्ले, राजकुमार सापकोटा, कुञ्ज मणि पोखरेल र झविलाल शर्मा निर्वाचित हुनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !