समुदायस्तरमा भुकम्प तथा आगलागी सम्वन्धी कृत्रिम घटना अभ्यास

नेपालगञ्ज – नेपालगञ्जको वडा नं. ३ र ७ मा विपद पूर्वतयारीका लागि समुदायस्तरमा भुकम्प तथा आगलागी सम्वन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ र ७ मा रेडक्रस बाँकेद्वारा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाद्वारा विपद् प्रतिकार्यमा समुदायको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले उक्त कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको हो ।

कृत्रिम अभ्यासमा समुदायले भूकम्प तथा आगलागीमा अपनाउनुपर्ने पूर्वतयारी, खोज तथा उद्दार, प्राथमिक उपचार तथा स्थानीय स्रोत साधनको प्रयोग सम्वन्धमा अभ्यास गरिएको थियो । नेपालगञ्ज उपमहानगरको बडा नं. ३ र ७ मा शुक्रबार र शनिबार आयोजना भएको अभ्यास कार्यक्रमा वडास्तरीय विपद व्यवस्थापन समिति, स्थानीय स्वयमसेवक, रेडक्रसकर्मी सहभागीतामा रहेको थियो ।

कृत्रिम अभ्यास कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठ, वडा नं. ३ का आयुव सिद्धिकी र नेपालगञ्ज उपमहानगरपालिकाको विपद् फोकलपर्सन प्रकाश डिसी दुवै वडाका जनप्रतिनिधि, नेरेसो सदरलाईन उपशाखाका सभापति ओम प्रकाश आजाद, युनिसेफ नेपालका प्रतिनिधि अशिम श्रेष्ठ ,नेपाल प्रहरीको प्रतिनिधि, दमकल सेवाका प्रतिनिधि र स्वयंसेवकहरुको सहभागिता रहेको थियो भने सहजिकरण कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा, नेरेसो बाँकेका सूचना व्यवस्थापन अधिकृतले गरेका थिए ।

नेरेसो सदरलाइन उपशाखाले रेडक्रस दिवसको रुपमा समुदायमा आयोजना गरिएको कृत्रिम अभ्यासका सिकाईका आधारमा आगामी दिनमा ४ सय स्वयमसेवकलाई खोज तथा उद्दार, प्राथमिक उपचार, आगलागी नियन्त्रण सम्वन्धी तालीम उपलव्ध गराउने योजना रहेको प्राविधिक अधिकृत शिव सुवेदीले बताउनु भयो।


error: यो सुविधा उपलब्ध छैन !