एमालेको प्रदेश उम्मेदवार सिफारिस

नेपालगञ्ज – नेकपा एमालेको प्रदेश निर्वाचन समन्वय कमिटिले प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको छनौट थालेको छ ।

नेपालगञ्ज क्षेत्र समेटिएको क्षेत्र नं. २ (ख) बाट निरक गुरुङ, कृष्णप्रसाद श्रेष्ठ, दत्तप्रसाद आचार्य, हलिम शाह, कैलाश यादव, हकिम हल्वाई, मनोज बर्मा र मिना ढकालको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं. ३ (ख) बाट पदम धिताल, भीम वली, डिल्ली विसी र मिरा खनालको नाम सिफारिस गरिएको छ ।

अन्य क्षेत्रमा बैठकहरु बसिरहेका छन् । कमिटिले सिफारिस गरेका नाम जिल्लामा आउने र जिल्लाले प्रदेशमा पठाउने सचिव रत्न खत्रीले जानकारी दिनुभयो । संघको उम्मेदवार २० गते सिफारिस गर्ने तालिका रहेको छ ।

बाँकेमा कांग्रेसको क्षेत्रीय समितिले सबै क्षेत्रको उम्मेदवार सिफारिस गरिसकेको छ । जिल्लाले प्रदेशमा पठाउने तयारी गरेको छ । अरु पार्टी पनि उम्मेदवार छनौटमा गरिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !