भारतको बाराबंकीमा बस दुर्घटना, चार नेपालीको मृत्यु

नेपालगञ्ज – बाँकेको सीमावर्ती शहर रुपैडिहाबाट गोवाका लागि गएको बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ ।

भारतीय पत्रकार नवी अहमदले दिएको जानकारी अनुसार, उत्तर प्रदेशको बाराबंकीमा शनिबार विहान बस दुर्घटना भएको थियो । बस पन्चर भएपछि सडकको छेउमा रोकेर टायर परिवर्तन गर्दै गर्दा पछाडीबाट तीब्रगतिमा आएको ट्रकले ठक्कर दिएको थियो । चार जनाको मृत्यु, ६ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना बाँकेको बिनौना, एक जना दाङको तुलसीपुरको रहेका छन् । एक जनाको सनाखत हुन सकेको छैन ।

नेपालगञ्जको नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज माधव रिजालले बस दुर्घटना भएर नेपालीको मृत्यु भएको खबर आएको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !