१३ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा १३ जना कोरोना संक्रमित भएका छन् ।

भेरी अस्पताल, नेपालगञ्ज नाका जमुनाहा, कोहलपुर मेडिकल कलेज र राप्तीसोनारी गाउँपालिकामा गरिएको परीक्षणमा १३ जनालाई कोरोना पुष्टि भएको हो ।

भेरी अस्पतालमा पाँच जना (एक जना बाहिरी जिल्लाका) जमुनाहामा तीन जना, कोहलपुर मेडिकल कलेजमा चार जना र राप्तीसोनारी गाउँपालिकामा दुई जनालाई कोरोना भएको छ ।

बाँकेमा अहिले ९२ जना सक्रिय संक्रमित रहेकोमा पाँच जनाको अस्पतालमा उपचार भइरहेको छ भने अरु होम आइसोलेसनमा रहेका छन् ।
मंगलबार बाँकेमा दुई जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !