अस्पताल पुगे पाँच जना संक्रमित

नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालमा कोरोनाका विरामी आउन थालेका छन् । अस्पतालमा अहिले ५ जना संक्रमितको उपचार भइरहेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, जिल्लामा ८१ जना सक्रिय संक्रमित रहेकोमा ५ जना भेरी अस्पताल र ७६ जना होम आइसोलेसनमा रहेका छन् ।

नेपालगञ्जमा सोमबारमात्रै ६ जनालाई कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा २३ जनाको जाँच गर्दा ५ जनालाई कोरोना देखिएको छ । नेपालगञ्ज नाकामा भारतबाट आएका एक जनालाई कोरोना देखिएको छ ।

केही महिनादेखि भारतबाट आएका तथा बाँकेमै कोरोना देखा परिरहने पनि अस्पतालमा भनौ नै कोही भएका थिएनन् । सरकारले भेरी अस्पतालमा कोरोनाको विरामीलाई निशुल्क उपचार गर्ने घोषणा गरिसकेको छ । भेरीले कोरोना संक्रमितको उपचारमा खटाउन थप आठ जना स्टाफ नर्स राख्ने निर्णय गरिसकेको छ ।

प्रायः संक्रमितमा लक्षण चिन्ह नदेखिएकाले सिधै घरमा पठाउने गरिएको थियो । अहिले देखिएका विरामीमा लक्षण चिन्ह देखिएकाले अस्पतालमा राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !