लुम्बिनीका पूर्व कृषिमन्त्री यादव एमालेमा
नेपालगञ्ज – लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री विजय यादव एमालेमा प्रवेश गरेका छन् ।
बाँके डुडुवा गाउँपालिका निवासी प्रदेश सांसद यादव जनता समाजवादी पार्टीमा थिए । पूर्वमन्त्री यादवलाई बाँकेको खजुरामा आयोजित प्रशिक्षण कार्यक्रममा एमालेका नेताहरुले टीका लगाएर पार्टी प्रवेश गराएका छन् ।
यादवलाई एमालेले फेरि प्रदेशमै चुनाव लडाउने तयारी गरेको छ । स्थानीय तहको चुनावमा एमालेले डुडुवा गाउँपालिकाको अध्यक्षमा यादवकी श्रीमतीलाई प्रमुखमा उम्मेदवार बनाएको थियो ।
कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादीलगायतका पार्टीहरुले गठबन्धन गरेर चुनावमा जाने तयारी गरिरहदा एमालेले आन्तरिक प्रशिक्षण गरेर नेता तथा कार्यकर्तालाई चलायमान बनाउनुका साथै प्रभावशाली नेताहरुलाई आफूतिर तान्ने रणनीति अघि सारेको छ ।
खजुरामा आयोजित प्रशिक्षणमा पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सचिव एवं पार्टी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायत आएका
छन् ।