दुई थान अक्सिजन कन्सेन्ट्रेटर प्रदान
नेपालगञ्ज – बाँकेको एक गैरसरकारी संस्थाले दाङको राजपुर अस्पताललाई दुई थान अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराएको छ । एक कार्यक्रम वीच ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रले दुई थान अक्सिजन कन्सेन्टे«टर हस्तान्तरण गरेको हो ।
केन्द्रकी अध्यक्ष लता शर्माले राजपुर गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. २ का अध्यक्ष ओमप्रकाश यादव र राजपुर अस्पतालका प्रमुख डा. सचिन सुवेदीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा अक्सिजन कन्सेन्ट्रेटरको प्रयोगका बारेमा दुई पक्ष वीच सम्झौता पनि गरिएको थियो ।
अस्पतालमा आएका विरामीहरुको लागि कुनै पनि शुल्क नलिएर निःशुल्क रुपमा अक्सिजन सेवा उपलब्ध गराइनु पर्ने, अक्सिजन कन्सेन्ट्रेटरलाई उपलब्ध गराइएको उपयोगकर्ता पुस्तिका अनुसार दक्ष जनशक्तिबाट वा गाइड बूकमा दिइएको निर्देशन अनुसार सञ्चालन गर्नु पर्ने, अक्सिजन कन्सेन्टे«टरलाई सुरक्षित साथ राख्ने जिम्मेवारी अस्पतालको हुने लगायतका वूँदा उल्लेख गरिएको छ ।
दाङ जिल्ला गढवा गाउँपालिका वडा नं.४, परसपुर स्थित प्रज्वल स्मृति अध्ययन केन्द्रको अनुरोध र समन्वयमा राजपुर गाउँपालिका, वडा नं. ६ स्थित भरखर चालु भएको १५ शैयाको राजपुर अस्पताललाई उपयोगी हुने राजपुर गाउँपालिका सामाजिक विकास समितिका संयोजक ओमप्रकाश यादव र राजपुर अस्पतालका प्रमुख डा. सचिन सुवेदीले विश्वास व्यक्त गर्नु भयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणको दोस्रो लहरमा अक्सिजनको अभावमा नेपालका कैयौं संक्रमित नागरिकहरुले अकालमा ज्यान गुमाएको कहालीलाग्दो अवस्थालाई दृष्टिगत गरेर जर्मन दातृसंस्थाको सहयोगमा केन्द्रलाई पाँच वटा फिलिप्स कम्पनीको मेसिन अक्सिजन कन्सेन्टे«टर प्राप्त भएको केन्द्रकी अध्यक्ष शर्माले बताउनु भयो ।
सो अवसरमा प्रज्वल स्मृति अध्ययन केन्द्र, दाङका संरक्षक प्रदीप शर्मा, राजपुर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सादाराम यादव, दातृसंस्थाका कार्यक्रम संयोजक श्रीधर गौतम, पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक वामदेव भट्टराई लगायतको उपस्थिति रहेको थियो ।