नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रवक्ता धामी पक्राउ

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रवक्ता टंक धामीलाई प्रहरीले पक्राउ गरेको छ । राजश्व अनुसन्धान कार्यालयका कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालगञ्जको घरबारीटोलस्थित मष्टा लक्ष्मी टे«डर्स लिंकमा छापा मार्न पुगेका राजश्व अनुसन्धान कार्यालयका नासु बाबुराम पन्थीलाई केही व्यापारीले दुव्र्यवहार गरेका थिए । ती व्यापारीका विरुद्धमा अभद्र व्यवहारमा जाहेरी गरेपछि प्रहरीले धामीलाई नियन्त्रणमा लिएको हो । अन्य दुई जना फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तिमगरका अनुसार, तीन जना व्यापारीविरुद्ध जाहेरी परेकोमा धामी प्रहरी नियन्त्रणमा रहेका छन् । अन्य दुई जनाको खोजी भइरहेको छ ।

अनुचित लाभ लिने उद्देश्यले छापा मारेको आरोप लगाएका व्यापारीले नासु पन्थीको घाटीमा समातेर लछारपछार गरेका थिए । यस विषयमा नेपालगञ्ज उद्योग बाणिज्य संघले चासो लिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !