१६ जनामा देखियो कोरोना
नेपालगञ्ज – बाँकेमा सोमबार १६ जनामा कोरोना देखिएको छ ।
भारतबाट आएका सात जना, भेरी अस्पतालमा ८ जना र कोहलपुर मेडिकल कलेजमा एक जनामा कोरोना पुष्टि भएका हो ।
नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, नाकामा एक सय १९ जनाको जाँच गर्दा सात जनामा कोरोना देखिएको छ ।
भेरी अस्पतालमा २१ ज्नाको जाँच गर्दा आठ जनामा कोरोना पुष्टि भएको छ । कोहलपुर मेडिकल कलेजमा एक जनालाई कोरोना देखिएको
छ । जिल्लामा चार जना डिस्चार्ज भएका छन् । ५१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।