कोरोना बढेपछि भेरीमा जनशक्ति थपिदै

नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमित बढ्दै गएपछि भेरी अस्पताल, नेपालगञ्जले स्टाफ नर्स थप्ने तयारी गरेको छ ।

अस्पतालले विगतमा काम गरेका आठ जना स्टाफ नर्सलाई काममा लगाउने तयारी गरेको हो । कोरोनाको पहिलो र दोस्रो लहरमा करारमा कर्मचारी थपिएको थियो । उनीहरुमध्येबाट आठ जनालाई फेरि कोभिड वार्डमा परिचालन गर्ने निर्णय गरिएको छ ।

यसैबीच, भेरी अस्पतालमा मंगलबार २१ जनाको जाँच गर्दा १७ जनालाई कोरोना देखिएको छ । १७ जनामध्ये १३ जना बाँके जिल्लाका रहेका छन् । कोहलपुर मेडिकल कलेजमा एक जना र नेपालगञ्ज नाकामा तीन जनालाई कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमित बढिरहेपनि अस्पतालमा भर्ना भएका छैनन् । बाँकेमा ६५ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !