घरमै करेन्ट लागेर महिलाको मृत्यु
नेपालगञ्ज – कोहलपुरमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. २ की २५ वर्षीया प्रशाना आचार्यको करेन्ट लागेर मृत्यु भएको हो । घरको झ्यालमा करेन्ट लागेर महिलाको मृत्यु भएको कोहलपुर प्रहरीले बताएको छ । घटना गएराती ११ बजेको थियो ।
शवलाई भेरी अस्पताल, नेपालगञ्जमा पोष्टमार्टम गरेर घरपरिवारले दाहसंस्कारका लागि लगेका छन् ।