बागेश्वरी परिसरमा बाल पार्कको शिलान्यास

नेपालगञ्ज – बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण सुरु गरिएको छ ।

करिब ६ करोड रुपैया लागत अनुमान रहेको सो बाल पार्कको आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपैयामा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ ।

भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।

करिब ५ कठ्ठा ५ धुर जग्गामा पहिलो चरणमा रेष्टुरेन्ट, पार्किङ, फुटपाथ, सटर सहित बालपार्कका लागि आधारभुत काम हुनेछ । डीपीआर अनुसार आधुनिक संरचना सहितको बाल पार्क र दुई तल्ले रेष्टुरेन्ट निर्माण गरिनेछ । यसको निर्माण सम्पन्न भएपछि बागेश्वरी मन्दिरको सौन्दर्यकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

पहिलो चरणको निर्माण सम्पन्न भएपछि दोश्रो चरणको निर्माण कार्य अघि बढाइने प्राविधिक शाखा प्रमुख भुपेन्द्र बोहराले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !