भारतबाट आएका १२ जनामा कोरोना

नेपालगञ्ज – भारतबाट आएका १२ जनामा कोरोना देखिएको छ ।

भारतका विभिन्न शहरबाट आएका एक सय १९ जनालाई जाँच गर्दा १२ जनालाई कोरोना देखिएको हो ।

नेपालगञ्ज नाकामा रहेको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, भारतको बैंलोर, गुजराज, कालापहाडलगायत ठाउँबाट आएका नेपालीमा कोरोना देखिएको छ । कोरोना देखिएका १२ जनामध्ये दुई जना बाँके जिल्लाका रहेका छन् ।
भारतबाट आएका नेपालीलाई नाकालाई जाँच गर्ने र कोरोना देखिएपछि ‘तिमीलाई कोरोना देखियो’ भनेर पठाउने गरिएको छ । सरकारले नाकामा स्वास्थ्यकर्मी राखेर कोरोनाको ट्याग लगाउदै पठाइरहेको छ । कोरोना देखिएकाहरुका सम्बन्धमा कुनै सुविधा छैन ।

तेस्रो मात्रामा खोप लगाएका व्यक्तिलाई पनि कोरोना देखिएको छ । कोरोना देखिएकाहरु डराएका भने छैनन् । हामीलाई तेस्रो मात्रा खोप लगाइसकेका छौ, जचाँउन पर्दैन भन्ने गर्छन् । उनीहरुलाई नाकामा रहेका स्वास्थ्यकर्मीले सम्झाइ बुझाई जाँच गर्छन् ।

यो नाकामा साउन ११ गते ११ जनामा कोरोना देखिएको थियो । त्यसपछि आज धेरै जना कोरोना पुष्टि भयो । बाँकेका भेरी अस्पताल, बागेश्वरी ल्याबमा गरिएका जाँचमा पनि कोरोना देखिने गरेको छ । अस्पतालमा भने कोरोनाका विरामी छैनन् । कोरोना पुष्टि भएकाहरु घरमै रहेका छन् । बाँकेमा ४५ जना सक्रिय संक्रमित छन् ।


error: यो सुविधा उपलब्ध छैन !