बढ्न थाल्यो कोरोना संक्रमण

नेपालगञ्ज – बाँकेमा फेरि कोरोना संक्रमित देखिन थालेका छन् । शुक्रबार यहाँका दुई वटा ल्याबमा चार जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पतालमा १२ जनाको पीसीआर जाँच गर्दा तीन जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा एक जनामा कोरोना पुष्टि भएको छ ।
बाँकेमा अहिले ३९ जना कोरोना संक्रमित रहेका छन् । उनीहरु सबै होम आइसोलेसनमा रहेका छन् ।

उता नाकामा भारतबाट आएका व्यक्तिमा कोरोना देखिनेको संख्या बढिरहेको छ । नाकामा रहेको जमुनाहा हेल्थडेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, साउनमा एक हजार ९२ जनाको जाँच गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ । नाकामा असारमा तीन हजार ६ सयको जाँच गर्दा ६० जनालाई कोरोना देखिएको थियो । जेष्ठमा ८ सय ५० जनाको जाँच गर्दा ९ जनामा कोरोना देखिएको थियो ।
नाकाको तथ्यांक हेर्दा संक्रमितको संख्या बढ्दो छ ।

कोरोना देखिएका सबैजसोले तेस्रो डोजसम्म कोरोनाविरुद्धको खोप लगाएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !