चर्को घाममा एमाले नेताहरु प्रशासन अगाडि धर्नामा
नेपालगञ्ज – नेकपा एमाले, बाँकेले किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्नेलगायत जनजीविकाका सवाललाई लिएर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ ।
एमालेले किसानलाई मल उपलब्ध गराउनु पर्ने, चर्को मूल्य बृद्धि, महंगी, कालोबजारीलगायतका मुद्दालाई उठाएर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको हो ।
केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिलगायत जनवर्गीय संगठनका प्रतिनिधिहरु धर्नामा बसेका थिए ।
एमालेका नेता तथा कार्यकर्ताहरु विहान ११ बजेदेखि दुई घण्टा चर्को गर्मीमा धर्ना बसेका थिए । जिल्ला अध्यक्ष कक्षपतिले जिल्ला कमिटिको बैठकले एक महिने जनजीविका तथा पार्टी सुदृढिकरण अयिभान थालेकाले सोही अन्तर्गत धर्ना कार्यक्रम गरिएको जानकारी दिनुभयो ।