राप्रपाले लगायो कृषि ज्ञान केन्द्रमा ताला

नेपालगञ्ज – राप्रपा, बाँकेले जिल्ला कृषि ज्ञान केन्द्रमा ताला लगाएको छ ।

किसानलाई मल, बिउ उपलब्ध गराउनु पर्ने, गतवर्ष आएको बेमौसमी बाढीले पु¥याएको धानबालीको क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर राप्रपाले कृषि ज्ञान केन्द्रमा तालाबन्दी गरेको हो ।

राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, पूर्वमन्त्री फत्तेसिंह थारु, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, इन्दिरा शाही, सलाउद्दिन जसगढलगायतका नेता तथा कार्यकर्ताले केहीबेर नाराबाजी गर्दै कृषि ज्ञान केन्द्रमा तालाबन्दी गरेका हुन् ।

मल, बिउ उपलब्ध गराउनुपर्ने, गतवर्ष धानबालीमा भएको क्षतिको राहत दिनुपर्नेलगायतका माग राखेर एमाले, बाँकेले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !