लागु औषधविरुद्ध विविध कार्यक्रम

नेपालगञ्ज – लागु औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बाँकेमा सप्ताहव्यापी विविध कार्यक्रम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा लागु औषधीविरुद्ध काम गरिरहेका संघ संस्थाले जनचेतनामूलक विविध गतिविधि गरेका हुन् ।

दिवसको अवसरमा असार ८ देखि कार्यक्रमहरु गरिएको छ । लागु औषधविरुद्धका जिंगलमार्फत प्रचार प्रसार, चोक तथा सार्वजनिक स्थलहरुमा सचेतना, नाकामा चेतनामूलक कार्यक्रमसँगै अन्तरक्रिया, रक्तदान गरिएको छ । १२ गते विहान प्रभातफेरिसँगै समापन हुनेछ ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नै शनिबार पत्रकार सम्मेलन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बाँकेमा लागु औषधी प्रयोगकर्ता, कारोबारी, पुनस्र्थापना केन्द्रका बारेमा जानकारी दिनुभयो ।

बाँकेमा २० वटा पुनस्र्थापना केन्द्रमा अहिले ३ सय १२ जनाको उपचार भइरहेको छ । निशुल्क परामर्श केन्द्रमा ९ जनाले सेवा लिइरहेका छन् । पछिल्लो तथ्यांक अनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिन्छ । गतवर्ष भन्दा चालु आर्थिक वर्षमा नाइट्रोजन र ट्रामाडोल दोब्बरबढी पक्राउ गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !