भारतबाट आएका दुई जनालाई कोरोना

नेपालगञ्ज – भारतबाट नेपाल आएका व्यक्तिमा कोरोना देखा परिरहेको छ ।

भारतबाट आएका नेपालीलाई नेपालगञ्जको जमुनाहा हेल्थ डेस्कमा जाँच गर्दा कोरोना देखा परिरहेको हो । शनिबार दुई जनामा कोरोना पुष्टि भएको छ । उनीहरु बाँके र दाङका हुन् ।

हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, एक सय २८ जनाको जाँच गर्दा दुई जनामा कोरोना पुष्टि भएको हो ।
नेपालगञ्ज नाकामा कोरोना जाँच र खोप लगाउने काम भइरहेको छ । शनिबार ७३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !