दुई जना फरार अभियुक्त पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार, हात हतियार खरखजना मुद्दाका डुडुवा गाउँपालिका वडा नं. ६ का पहलमान पासी र लेनदेन मुद्दाका राप्तीसोनारी गाउँपालिका वडा नं. ४ का गलुराम थारुलाई नियन्त्रणमा लिइएको छ ।

बाँके जिल्ला अदालतले २०७२ कात्तिक १ गते पासीलाई हात हतियार खरखजना मुद्दामा एक वर्ष कैद सजाय सुनाएको थियो ।

थारुलाई अदालतले २०७९ जेठ ५ गते लेनदेन मुद्दामा एक वर्ष कैद सुनाएको थियो । प्रहरीले पक्राउ परेका दुवै जनालाई अदालत बुझाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !