विकास योजना निर्माण तिव्र, पालिकाद्धारा अनुगमन

डुडुवा – डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गरेको छ ।

गाउँपालिकाद्धारा निर्मित विभिन्न ठूला तथा साना योजना अन्तर्गतका भौतिक पूर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार सबै भन्दा ठूलो योजना गाउँपालिकाको प्रशासनिक भवन, झुलुङ्गे पुल तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पुर्वाधारको अनुगमन गरिएको हो ।

आर्थिक वर्ष २०७८।०७९ का योजनाहरु अहिले निर्माण भइरहेका छन् । गाउँपालिकाका ठूला साना सबै योजनाहरु निर्माण भइरहेको योजना अनुगमन समितिका संयोजक गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताउनुभयो । उहाँका अनुसार डुडुवा गाउँपालिका–४ डुडुवा नालामा निमार्णाधिन झोलुङ्गे पुल, गाउँपालिका भवनको अनुगमन गरिएको छ । गाउँपालिका भवनको निमार्ण कार्यको ९० प्रतिशत कार्य पुरा भएको छ ।

अनुगमनमा विकास निमार्णको गुणस्तरियता र समयमा निर्माण सम्पन्न गर्ने लगायतका बारेमा निर्माण कम्पनीको ध्यानाकर्षण गराइएको
थियो । आर्थिक वर्ष सम्पन्न हुन अब केही दिन मात्र बाँकी रहदा अहिले निर्माणको तिब्र रुपमा अघि बढाइएको छ ।

अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष बानो, प्रमुख प्रशासकिय अधिकृत उपाध्याय, प्राविधिक प्रमुख प्रकाश थापा, योजना शाखा प्रमख ओमबहादुर राना क्षेत्री लगायतको समुहको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !