बाघ पीडितकाे प्रदर्शनमा गाेली चल्याे, एककाे मृत्यु
नेपालगन्ज – बर्दियाकाे मधुवन नगरपालिका वडा नम्बर २, साेनाहा गाउंमा बाघकाे अाक्रमणबाट एक जना घाइते भएपछि बाघ नियन्त्रणकाे माग राखेर गरिएकाे प्रदर्शनमा प्रहरीले गाेली चलाउदा एक जनाकाे मृत्यु भएकाे छ ।
अाफ्नै खेतमा काम गरिरहेकी अस्मिता थारुलाई बिहान ९ बजे बाघले अाक्रमण गरेकाे थियाे । त्यस क्षेत्रमा बाघले पटक पटक अाक्रमण गरिरहेकाे छ ।
बाघकाे नियन्त्रणकाे माग राखेर स्थानीयबासीले दिउंसाे १.५० बजेदेखि अाेराली बजारमा बसेर प्रदर्शन गरेका थिए । सांझ ५.४५ बजे प्रहरीले बाटाे खुलाउन खाेज्दा झडप भएकाे थियाे ।
प्रदर्शनकारीले ढुंगा हान्दा केही प्रहरी घाइते भएपछि हवाई फायरिङ गरिएकाे थियाे । त्यसक्रममा गाेली लागेर १८ वर्षकी नविना थारुकाे मृत्यु भएकाे छ । नविनाकाे शव बर्दिया जिल्ला अस्पतालमा रहेकाे छ ।
घाइते अस्मिताकाे नेपालगन्जमा उपचार भइरहेकाे छ । अाेराली बजारबाट प्रहरी हटेकाे छ । स्थानीयले बाटाे बन्द गरिरहेका छन् ।
मधुवनमा केही महिनादेखि लगातार बाघले अाक्रमण गरिरहेकाे छ । स्थानीयले क्षतिर्पूति नपाएकाे बताइरहेका छन् ।