एमालेबाट नेपालगञ्जको मेयरमा मिश्र र उपमेयरमा ढकाल !

नेपालगञ्ज – नेकपा एमालेले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई अगाडि सार्ने तयारी गरेको छ ।

मेयर र उपमेयरमा अन्य केहीले दावी गरेपनि एमालेले मेयरमा मिश्र र उपमेयरमा ढकाललाई अगाडि सार्ने तयारी गरेको बुझिएको छ । मिश्र र ढकाल दुवै एमालेको केन्द्रीय सदस्य हुन् ।

मिश्र यसअघि नेपालगञ्ज समेटिएको क्षेत्र नं. २ बाट संघ र ढकालले उपमेयरमै प्रतिस्पर्धा गरेका थिए । एमालेले नगर कमिटिबाट सर्वसम्मति भएर नआएमा जिल्लाले सबैको नाम प्रदेश कमिटिमा पठाइदिने बताएको छ ।


error: यो सुविधा उपलब्ध छैन !