संघ निर्वाचन : कता हरायो एक मत ?, सदस्यमा समावेशी अगाडि

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको एशोसियट सदस्यमा सञ्जय अग्रवाल र दिपेन्द्र विष्ट विजयी भएका छन् । सम्बद्धको सदस्यमा सलाउद्दिन जसगढ विजयी भएका छन् । सम्बद्धको अर्को सदस्यका लागि दुई जनाको मत बराबर आएको छ । एक मत अर्को बाकसमा परेकाले जीतको टुंगो लागि सकेको छैन ।
एशोसियटमा समावेशी र साझा लोकतान्त्रिक प्यानलको एक÷एक जनाले जितेका हुन् । समावेशीबाट विष्ट र साझा लोकतान्त्रिकबाट अग्रवाल विजयी भए । एशोसियटमा १ सय ४ मत खसेको थियो ।
२५ मत रहेको सम्बद्धमा साझा लोकतान्त्रिक प्यानलका जसगढ विजयी हुँदा सिद्धान्तजंग राणा पराजित भएका छन् । सम्बद्धको अर्को सदस्यमा बद्री श्रेष्ठ र भीम कँडेलको १२÷१२ मत आएको छ । एक मत अर्को बाकसमा परेकाले जीतको टुंगो लाग्न सकेको छैन । अर्को बाकसमा परेको एक मत जसको पक्षमा आयो, उसैको जीत हुनेछ ।
कार्य समितितर्फ सदस्य पदको मत गणना भइरहेको छ । एघार सय एक मत गनिसक्दा समावेशी प्यानलका आठ र साझा लोकतान्त्रिकका चार जनाको अग्रता रहेको छ । अहिलेसम्म हरिलाल न्यौपाने ६ सय १८, मन्दिर पाण्डे ६ सय १४, श्यामसुन्दर अधिकारी र चिरञ्जीवी ओली ६ सय २, विजय भण्डारी ६ सय १, टंक धामी ५ सय ५०, टंक शर्मा ५ सय ४६, भीम रानाभाट ५ सय ४१, विष्णु श्रेष्ठ ५ सय ३५, टेकबहादुर खड्का ५ सय २, विन्दु चर्तिमगर ४ सय ८० रहेको छ । संघको १२ जना सदस्यका लागि २५ जनाले प्रतिस्पर्धा गरेका छन् । धेरै मत ल्याउने १२ जना विजयी हुनेछन् ।


error: यो सुविधा उपलब्ध छैन !