सदस्यमा मन्दिरालाई बढी मत

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको सदस्यमा समावेशीका आठ र साझा लोकतान्त्रिक उद्योगी व्यवसायी समूहका चार जना विजयी भएका छन् ।
सदस्यमा मन्दिर पाण्डेले सबैभन्दा धेरै एक हजार पाँच सय ४४ मत ल्याउनु भएको छ । श्यामसुन्दर अधिकारीले एक हजार पाँच सय १७ मत र चिरञ्जीवी ओलीले एक हजार पाँच सय चार मत ल्याएका छन् ।
विजय भण्डारी (बासु) एक हजार चार सय ८१, टंकप्रसाद शर्माले एक हजार चार सय ३० मत ल्याएका छन् । टंकबहादुर धामीले एक हजार तीन सय ८०, विष्णुप्रसाद श्रेष्ठले एक हजार तीन सय ७५, धर्मराज अर्यालले एक हजार तीन सय ६३, हरिलाल न्यौपानेले एक हजार तीन सय ४५, भीमबहादुर रानाभाटले एक हजार तीन सय २३ मत ल्याएका छन् । टेकबहादुर खड्काले एक हजार दुई सय ९० र विन्दु चर्तीमगर एक हजार दुई सय ६४ मत ल्याएर विजयी भएका छन् ।
विजयीमध्ये विष्णु, टेकबहादुर, टंकप्रसाद र विन्दुले साझा लोकतान्त्रिक उद्योगी व्यवसायी समूहबाट प्रतिस्पर्धा गरेका थिए ।
अहिले अध्यक्ष र उपाध्यक्षको मत गणना भइरहेको छ । प्रारम्भिक मत परिणाम अनुसार, अध्यक्षमा ललित रौनियारले थोरै मतले अगाडि देखिएका छन् । उपाध्यक्षमा अमित बस्नेतले ज्ञानेन्द्र श्रेष्ठलाई पछि पारेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !