बाणिज्य उपाध्यक्षमा बस्नेत विजयी, अध्यक्षमा चुन्नाको अग्रता

 

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको बाणिज्यतर्फको उपाध्यक्षमा अमित बस्नेत विजयी भएका छन् ।
साझा लोकतान्त्रिक उद्योगी व्यवसायी समूहबाट चुनावी प्रतिस्पर्धामा होमिएका बस्नेतले समावेशी प्यानलका ज्ञानेन्द्र श्रेष्ठलाई दुई सय ५७ मतले पराजित गरेका हुन् । बस्नेतले एक हजार चार सय ७६ मत ल्याउदा श्रेष्ठले एक हजार दुई सय १९ मत ल्याएका थिए ।
दुई हजार सात सय ९० मतमा दुई हजार सात ५५ मत गणना भएको थियो । त्यसमा ६० मत बदर भएको थियो ।
अहिले अध्यक्ष र उद्योगतर्फको उपाध्यक्षको मत गणना भइरहेको छ । अध्यक्ष र उद्योग उपाध्यक्षमा समावेशी प्यानलले अग्रता लिएको छ । शुरुवाती चरणमा पछाडी परेका अब्दुल वाहिद मन्सुरी (चुन्ना) ले ललित रौनियारलाई पछाडी पारेका छन् । उद्योग उपाध्यक्षमा पनि समावेशी प्यानलका आदेश अग्रवालले तपेन्द्रविक्रम शाहलाई झिनो मतले पछाडी पारेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !