लागु औषधीविरुद्ध जनचेतना जगाउन फुटबल प्रतियोगिता
नेपालगञ्ज – लागु औषधीविरुद्ध जनचेतना जगाउन खजुरामा १२ वर्ष मुनिको खेलाडी सहभागी फुटबल प्रतियोगिता हुने भएको छ ।
खजुरा युनाइटेड एफसीको आयोजनामा चैत्र २२ गतेदेखि खजुरास्तरीय अन्तर स्कूल फुटबल प्रतियोगिता हुने भएको
हो ।
प्रतियोगितामा प्रथमलाई २५ हजार र द्वितिय हुनेलाई १५ हजार रुपैया ट्रफी र मेडल पुरस्कार राखिएको छ ।
क्लवका अध्यक्ष डीवी तामाङ र सचिव दीपक रानाका अनुसार, लागु औषध दुव्र्यसनमा फस्नु हुँदैन जनचेतना जगाउन फुटबल प्रतियोगिता गर्न थालिएको छ ।
सीमावर्ती जिल्ला भएकाले बाँकेमा लागु औषधीको प्रयोगकर्ता बढ्दोक्रममा छन् । लागु औषधीको दलदलमा बजारका मात्रै होइन, गाउँका बालक, किशोर र युवा पनि फसेका छन् । गाउँघरमा हुने यसप्रकारको प्रतियोगिताले जनचेतना जगाउन सघाउ पु¥याउने विश्वास गरिएको छ ।