प्लाष्टिकमा बेरेको शव फेला
नेपालगञ्ज – नेपालगञ्जमा प्लाष्टिकले बेरेको अवस्थामा शव फेला परेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २०, राँझा विमानस्थलको परिसरको पूर्वी कम्पाउण्डबाहिर सुर्खेत घर बताइएका बालकृष्ण वलीको शव फेला परेको हो । ३० वर्षीय वलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार, मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन ।