कांग्रेस, एमाले र माओवादीलाई भोट दिनु भनेको मृत्युपत्रमा हस्ताक्षर गरे सरह हो – अध्यक्ष लिङदेन

नेपालगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीलाई फेरि पनि भोट दिनु भनेको साँढेको मुन्तिर दूध आउँछ कि भनेर बाल्टी थापेर बस्नु सरह भएको टिप्पणी गर्नु भएको छ ।
पार्टीले नेपालगञ्जमा आयोजना गरेको बिशाल आम सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले भन्नुभयो, ‘साँढेको मुन्तिर बसेर दूध आउँदैन, त्यसरी नै नेपाली कांग्रेस, एमाले र माओवादीलाई जिताएर अब देशले विकास र निकास पाउँदैन ।’ उहाँले ३१ वर्षसम्म कांग्रेस, एमाले र माओवादीले देशको विकास नगरेकाले अब पनि यी पार्टीलाई भोट दिनु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गरेसरह हो भन्नुभयो ।
पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीले विदेशले बोकाएको संघीयताको भारी बोकेर ठूला दलले मिलेर बसेको बाँके र बर्दियालाई कर्णालीबाट अलग गरेको टिप्पणी गर्नुभयो ।


महामन्त्री डा. धवलशमशेर राणा र कुन्ती शाहीेले देशमा हिन्दु राष्ट्र र राजा ल्याउनका लागि एकपटक सशक्त आन्दोलनको जरुरी रहेकाले जनतालाई तम्तयार भएर बस्न आग्रह गर्नुभयो ।
पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले इतिहास बोकेका राजाका शालिक ठडाउदा विदेशी दलाललाई असर परेको बताउनुभयो ।
बाँके जिल्ला अध्यक्ष नरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहमहामन्त्री ऋषिराज देवकोटा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, केन्द्रीय सदस्य फत्तेसिंह थारु, रेखा थापालगायतले राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको लागि राप्रपालाई जिताउनु पर्ने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !