अब मेयर लड्दिन : डा. राणा
नेपालगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले अब मेयर नलड्ने उद्घोष गर्नु भएको छ ।
पार्टीले आयोजना गरेको आम सभामा मेयर डा. राणाले दुई पटक मेयर भइसकेकाले अब संघमा जाने बताउनुभयो । ‘२०५४ र २०७४ सालमा मेयर भए । यहाँका सबै बाटो, नाली, तालतलैया संरक्षण भइसके, मेयर डा. राणाले भन्नुभयो, मेयर हुँदा नेपालगञ्जको धेरै काम गरिसके । अब संघमा गएर देशको विकास गर्छु ।’
मेयर राणाले आफूले चुनावमा पैसा नदिने र जितेपछि पैसा लिएर काम नगर्ने बताउनुभयो । उहाँले जनतालाई पापको पैसा नलिन र पैसा बाँड्ने दललाई भोट पनि नदिन आग्रह गर्नुभयो । उहाँले नेपालगञ्जको त्रिभुवनचोकमा राजाको शालिक पुनः ठड्याएको र त्यसलाई भत्काएमा नगरमा रहेका अरु नेताहरुको शालिक बाँकी नरहने चेतावनी दिनुभयो ।