एक सय तीन जनालाई जाँच्दा पाँच जनालाई कोरोना
नेपालगञ्ज – बाँकेमा तीन वटा ल्याबमा एक सय तीन जनालाई जाँच गर्दा पाँच जनालाई कोरोना देखिएको छ ।
भेरी अस्पतालमा २२ जनालाई जाँच गर्दा एक जना र कोहलपुर मेडिकल कलेजमा ६६ जनको परीक्षण गर्दा ४ जनालाई कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा १५ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा सक्रिय संक्रमित ६ जना रहेका छन् । अस्पतालमा तीन जनाको उपचार भइरहेको छ ।