खजुरामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरु

खजुरा – बाँकेको खजुरास्थित योगिनी मावि, गौघाटमा चौथो अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।
बिभिन्न झाँकी, पञ्चेबाजा र सहभागी बिद्यालयका खेलाडी छात्रा, छात्रको मार्चपासले भब्य समारोह बीच प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगिताको बाँके क्षेत्र नंंं. ३ का लुम्बिनी प्रदेश सांसद बाबुराम गौतमले एक समारोहका वीच उद्घाटन गरेका थिए । प्रतियोगिता ३० गतेसम्म ३ दिन सञ्चालन हुने छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बिगतदेखि सुरु हुदै आएको यो प्रतियोगितालाई खजुरावासीले एक महोत्सवको रुपमा हेरेको बताउनुभयो । अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता खजुरा गाउँपालिकामा स्थापित भैसकेको भन्दै अध्यक्ष कक्षपतिले आगामी बैशाखमा हुने स्थानीय तहको चुनाव पछि गठन हुने स्थानीय सरकारले पनि निरन्तरता दिने बताउनुभयो । खजुरालाई १५ बर्षमा समृद्ध बनाउने लक्ष्यलाई साकार पार्न यो प्रतियोगिता पनि जोडिएकाले समृद्ध खजुरा बनाउने सवालमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।


प्रतियोगितामा खजुरा क्षेत्रका सामुदायिक तथा निजी गरि १६ विद्यालयका १८ बर्ष मुनिका १ सय ७७ छात्रा र २ सय ४१ छात्र गरि ४ सय १८ बिद्याथीको सहभागितामा खेल प्रतिष्पर्धा हुने खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख तथा सचिवालय संयोजक खगेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई २५ हजार, द्वितियलाई १५ हजार र तृतीयलाई १० हजार राशीको पुरस्कार, प्रमाण पत्र र ट्रफिको व्यवस्था गरिएको छ ।
कार्यक्रममा खजुरा गाउँपालिका राजनीतिक सल्लाकार भीम वली, नेपाली काँगे्रसका पूर्व सभापति कृष्णमान श्रेष्ठ, नेकपा बाँकेका सचिव रत्न खत्री, नेकपा माओवादीका जिल्ला सचिब धनीराम वली, खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीलगायतको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !